१९ कार्तिक २०८३, बिहिबार

काँग्रेस संसदमा झन कडा प्रस्तुत हुने, भोलि बैठक बस्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

;+;bsf] a}7s cj?4 k|d'v k|ltIfL bn g]kfnL sfFu|];n] e"sDkkLl8tnfO{ cfjf; lgdf{0f ug{ Psd'i6 ?kdf ? b'O{ nfv ljt/0f;DaGwL ;/sf/L lnlvt k|lta4tfsf] dfusf] nflu Joj:yflksf–;+;bsf] cfOtaf/sf] a}7s cj?4 ub}{ . tl:a/ M /Tg >]i7, /f;;

काठमाडौँ, १२ असार । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले व्यवस्थापिका-संसद्मा आफ्ना मागलाई थप जोडदारका साथ उठाउने भएको छ ।

उक्त विषयमा छलफल गर्न काँग्रेसले सोमबार बिहान १० बजे संसदीय दलको बैठक बोलाएको छ । काँग्रेसले भूकम्पपीडितको आवास पुनःनिर्माणलगायत विषयमा सरकारले आफ्ना माग सम्बोधन नगरेको भन्दै चार दिनदेखि संसद्को बैठक अवरुद्ध पार्दै आएको छ ।

संसद्मा आफ्ना मागलाई कसरी प्रभावकारी र व्यवस्थित ढङ्गले उठाउने भन्ने विषयमा छलफल गर्न बैठक बोलाइएको काँग्रेसका मुख्य सचेतक चिनकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले माग सम्बोधनका लागि संसद्मा दबाबस्वरुप सबै सांसदलाई अनिवार्य उपस्थित गराई अनुशासित ढङ्गले विचार व्यक्त गर्ने सम्बन्धमा पनि बैठकमा नेताहरुले आवश्यक अभिमुखीकरण दिने बताउनुभयो ।

अहिलेसम्म गर्दै आएका दबाबका कार्यक्रमको समीक्षा गर्दै बैठकले आगामी कार्यक्रमसमेत तय गर्ने प्रमुख सचेतक श्रेष्ठले बताउनुभयो ।

बैठकका लागि सम्पूर्ण सांसदलाई अनिवार्य उपस्थितिका लागि आग्रह गरिएको काँग्रेस संसदीय दलका सचिव ध्रुव वाग्लेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । रासस