९ कार्तिक २०८३, सोमबार

सरकारले फेरि ल्यायो अर्को महत्वकांक्षी योजना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pani Water Mahila Dharaकाठमाडौं, ८ असार । खानेपानी तथा सरसफाइ मन्त्रालयले ३ वर्षभित्र प्रत्येक व्यक्तिको घरमा खानेपानीको धारा पुर्‍याउने दाबी गरेको छ ।

आधारभूत स्तरको खानेपानी संरचना अनुसार एक घर एक धारा कार्यक्रम सञ्चालन गर्न लागिएको हो । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

थोक वितरण प्रणाली, वर्षाको पानी संकलन गरी तथा जलासयबाट प्रत्येकको घरमा पानी पुर्‍याउने मन्त्रालयले जनाएको छ ।

आर्थिक वर्ष २०७३–७४ भित्रै १२ लाख जनतालाई उक्त कार्यक्रमबाट प्रत्यक्ष लाभ पुर्‍याइने मन्त्रालयका प्रवक्ता शंकरप्रसाद सुवेदीले जानकारी दिए ।