काठमाडौं, ३ असार । नयाँ संविधान कार्यान्वयन गर्ने शपथ खाएर सरकारमा गएका दलका नेता तथा मन्त्री नै संविधानको मर्मविपरित अभिव्यक्ति र क्रियाकलापमा संलग्न देखिएका छन् ।
उनीहरु सात दशकको चरम संघर्षपछि संविधानसभाबाट जारी संविधानका मुख्य उपलब्धि धर्मनिरपेक्षता र संघीयता माथि नै चुनौती खडा गरिरहेका छन् । नागरिक दैनिकले समाचार छापेको छ ।
नेपालको संविधान २०७२ अन्तर्गत गठित सरकारका जिम्मेवार उपप्रधानमन्त्रीहरु कमल थापा र चित्रवहादुर केसी संविधानको भावनाविपरित अघि बढेका हुन् ।
उपप्रधान, परराष्ट्र एवम् स्थानीय विकासमन्त्री थापा संविधानले व्यवस्था गरेको धर्मनिरपेक्षता खारेज गर्ने अभियानमा छन् ।
त्यसैगरी उपप्रधान तथा सहकारी, गरिबी निवारणमन्त्री केसी अन्तरिम संविधानदेखि नयाँ संविधानसम्म सुरक्षित गरिएको संघीयता खारेजीको आन्दोलन चलाइरहेका छन् ।
संविधान कार्यान्वयन गर्ने म्यान्डेट बोकेर एमाल अध्यक्ष केपी ओलीको नेतृत्वमा गठित सरकारका सत्ताघटक राप्रपा नेपाल अध्यक्ष थापा र राष्ट्रिय जनमोर्चा नेपाल अध्यक्ष केसी संविधान कार्यान्वयनमा बाधक बन्न थालेको कानुनविदको तर्क छ ।
यी दुई मन्त्रीले अहिले सरकार र सडकमा दुईथरी चरित्र देखाइरहेको उनीहरुको आरोप छ ।















प्रतिक्रिया