भैरहवा, २ असार । सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार गुल्म भैरहवाले भन्सार छली नेपाल भित्राएको करीब ७७ हजार मुल्य बराबरका सामान बिहिबार बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार गुल्म भैरहवाका अनुसार सशस्त्र प्रहरी निरीक्षक तुल्सीराम पाण्डेको कमाण्डमा खटिएको टोलीले बिषेश सूचनाका आधारमा दिल्लीबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक बसबाट उक्त समान नवलपरासीको दाउन्नेबाट बरामद गरिएको हो ।
बरामद गरिएको सामानमा चार सय तीन पिस लेडिज टप्स र ४६ थान लेडिज कुर्ता सुरूवाल रहेका छन् । बरामद उक्त समान बिहिबारनै भैरहवा भन्सार कार्यालय चलान गरिएको छ ।













प्रतिक्रिया