३१ आश्विन २०८३, शनिबार

उत्तर कोरियामा २१ भन्दा बढी आणविक भट्टी, अमेरिकामा त्रास

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

North_Kore_power_plant__893409382

सोल, १ असार । उत्तर कोरियाका २१ वटाभन्दा बढी आणविक भट्टी रहेको एकजना अमेरिकन विज्ञले दाबी गरेका छन् ।

गएको १८ महिनायता उत्तर कोरियाले थप छ वटा आणविक भट्टी निर्माण गरेको जानकारी आफूले पाएको उनले बताए । यसरी उत्तर कोरियाले हाल २१ वटा भट्टी निर्माण गरेको छ उनको दाबी छ ।

दी इन्स्टिच्युट अफ साईन्स एण्ड इन्टरनेशनल सेक्युरिटी(आइएसआइएस) ले शक्तिशाली यस्ता आणविक भट्टीहरु निर्माण गरेको सूचना प्राप्त गरेको जनाएको हो ।

उक्त संस्थाले गरेको अनुसन्धानबाट योङब्योनमा यस्ता भट्टीहरु उत्तर कोरियाले निर्माण गरेको देखिएको बताइएको छ । उक्त स्थान उत्तर कोरियाको आणविक हतियार र भट्टीहरु रहेको स्थल हो ।

अन्तर्राष्ट्रिय अणु उर्जा एजेन्सी (आइएइए)का प्रमुख युकिया अमानोले हालैमात्र उत्तर कोरियाले पछिल्लो समयमा धेरै आणविक खतराका निर्माण गरेको प्रतिक्रिया दिएको केही दिनपछिमात्र यो थप भनाई आएको छ ।

उक्त आइएसआइएस नामक संस्थाले सन् २०१४ को अन्तिमतिर गरेको एक अनुसन्धानमा उत्तर कोरियाका १० देखि १६ वटामात्र यस्ता आणविक हतियार रहेको बताएको थियो ।

त्यसयता उक्त संस्थाले उत्तर कोरियाले पछिल्लो समयमा थप आणविक हतियार बनाएको बताएको हो ।

सन् २०१५ मा उक्त देशमा ठूलो मात्रामा यस्ता आणविक भट्टीहरु निर्माण गरेको जानकारीमा आएको सो संस्थाले जनाएको छ । सन् २०१६ मा पनि उत्तर कोरियाले आणविक परीक्षणजस्ता कार्यहरु गर्दै आएको छ ।

यस्तै अस्त्रको होडबाजीजस्ता कार्यहरुले गर्दा सन् २०१६ सुरु भएदेखि नै उत्तर कोरिया विश्वमा नै विवादास्पद हुदै गएको बताइएको छ ।

यस परीक्षणका कारण अमेरिका र संयुक्त राष्ट्रसङ्घले उत्तर कोरियामाथि आर्थिक प्रतिबन्ध र नाकाबन्दी गर्दै आएका छन् । रासस/एएफपी