१९ कार्तिक २०८३, बिहिबार

विद्युत्का लेखापालविरुद्ध आरोपपत्र दायर

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Commission for the Investigation of Abuse of Authority, CIAA

काठमाडौँ, १ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणमा कार्यरत लेखापाल सत्येन्द्रनारायण सिंहलाई नक्कली शैक्षिक योग्याताको प्रमाणपत्र पेस गरेको भन्दै आरोपपत्र दायर गरेको छ ।

लेखापालले सुरु नियुक्ति प्रयोजनका लागि पेस गरेको विहार विद्यालय परीक्षा समिति पटना, भारतबाट सन् १९८४ मा एसएलसी तह उत्तीर्ण गरेको भनिएको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली एवम् झुठा देखिन आएकाले निजउपर आरोपपत्र दायर गरेको हो ।

आयोगले प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) बमोजिम हदैसम्मको दण्ड सजाय हुन माग दाबी लिई आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको जनाएको छ । रासस