१९ कार्तिक २०८३, बिहिबार

चाबहिलमा पैदल यात्री किच्ने टेम्पो चालक २३ वर्षपछि पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tempo

काठमाडौं, १ असार । सवारी ज्यान मुद्धाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका–३४ भिमसेनगोला बस्ने गणेशबहादुर तण्डुकारलाई फैसला कार्यान्वयनको सिलसिलामा काठमाडौं भिमसेनगोलाबाट प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजले बुधबार पक्राउ गरेको छ ।

प्रतिबादी तण्डुकारले बा.अ.ह ८७७ नम्बरको टेम्पो चलाई २०५१ साउन २३ गते चाबहिल–महाराजगंज सडकमा पैदल हिँडिरहेका ५९ वर्षीय रामकुमार जीवनलाई ठक्कर दिँदा उपचारको क्रममा २०५१ साउन २४ गते शिक्षण अस्पतालमा उनको मृत्यु भएको सवारीज्यान मुद्दामा काठमाडौं जिल्ला अदालतले २०५१ माघ १० मा फैसला गर्दै टेम्पो चालक तण्डुकारलाई २ बर्ष कैद हुने ठहर गरेको थियो ।

तण्डुकारलाई ब्यूरोले काठमाडौं जिल्ला अदालतमा पेश गरेकोमा उनलाई काठमाडौं जिल्ला अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय डिल्लीबजारमा पठाएको छ ।