१९ कार्तिक २०८३, बिहिबार

नेपाल टेलिकमले ‘नेचर एण्ड वाईल्ड लाईफ’ विधाको प्रायोजन गर्ने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Agreement between Nepal Telecom and Pj club copy

काठमाडौं, १ असार । नेपालको नम्वर वान कम्पनी नेपाल टेलिकमले नेपालकै ठूलो फोटो प्रतियोगितामा सहकार्य गरेको छ ।

कम्पनीले आइएमई–ग्लोबल आइएमई बैंक नेपाल फोटो कन्टेस्ट ०७३ को ‘नेचर एण्ड वाईल्ड लाईफ’ विधाको प्रायोजन संझौता गरेको छ । बुधबार राजधानीमा आयोजित कार्यक्रममा टेलिकमकी प्रवन्धक मिनु प्रधान र फोटो पत्रकार क्लबका अध्यक्ष विकास कार्कीले एक बर्षको लागी उक्त सहकार्यको संझौतापत्रमा हस्तााक्षर गरेका छन् ।

संझौतासंगै ‘नेचर एण्ड वाईल्ड लाईफ’ विधाको नाम ‘नेपाल टेलिकम नेचर एण्ड वाईल्ड लाईफ’ भएको छ । कार्यक्रममा नेपाल टेलिकमकी प्रवन्धक मिनु प्रधानले फोटो पत्रकार क्लबसँगको सहकार्य लामो समयसम्म जारी राख्न आफुहरु इच्छुक रहेको बताइन् । उनले कार्यक्रमको सफलताको सुभकामना दिदै यस्ता काममा सधै सहकार्य गर्न टेलिकम तयार रहेको बताइन । त्यसैगरी फोटो पत्रकार क्लबका अध्यक्ष विकाश कार्कीले नेपालकै अग्रणी कम्पनी नेपाल टेलिकम सँगको सहकार्यले आफुहरु हौसिएको बताए । नेपाली फोटोग्राफी क्षेत्रको बिकास र प्रर्बदनमा टेलिकमको यस प्रकारको सहभागिताले निकै ठूलो टेवा पुग्ने बताउदै यस सहकार्यले फोटो पत्रकारमा थप हौसला मिलेको उनले सुनाए ।

२०६७ सालदेखि फोटो पत्रकार क्लबले देशकै ठूलो फोटो प्रतियोगिता आयोजना गर्दे आएको छ । क्लबले यस बर्षको आइएमई–ग्लोबल आइएमई बैंक नेपाल फोटो कन्टेस्ट–२०७३ को घोषणा छिटै गर्न गईरहेकोे जानकारी दिएको छ । आइएमई र ग्वोबल आइएमई बैंकको मुख्य प्रायोजनमा हुन लागेको यस फोटो प्रतियोगितामा कल्चर एण्ड टुरिजम, नेपाल टेलिकम वाइल्ड लाइफ एन्ड नेचर, डेली लाईफ, न्यूज , नेपाल स्माईल, स्पोर्टस र फोटो स्टोरी गरी सात विधामा प्रतिस्पर्धा हुने भएको छ । व्यावसायिक फोटो पत्रकार तथा सौखिन फोटोग्राफर तथा हरेक नेपालीले देशकै सबैभन्दा ठूलो खुल्ला यस प्रतियोगितामा सहभागिता जनाउन सक्ने छन् ।

प्रतियोगितामा विजेता तस्वीरसहित अन्य १ सय ५० उत्कृष्ट तस्वीरको चयन गरिने र यीनको सार्वजनिक प्रदर्शनकिो आयोजान समेत गरिने क्ल्बले जनाएको छ । काठमाडौ सहित देशको ५ प्रमूख सहरहरुमा गरिने यस प्रतियोगितात्मक फोटो प्रदर्शनीमा स्टेक होल्डरसहित हजारौं दर्शकले अवलोकन गर्ने छन् । यो प्रर्दशनी आफ्नो देश चिन्न सकिने एउटा राम्रो थलो हुने क्लबले जनाएको छ ।