३१ आश्विन २०८३, शनिबार

वासिङ्टन डिसीमा पनि हिलारी बहुमतले विजयी, राष्ट्रपतिको उम्मेदवार निश्चित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Hillary Clinton Hosts Primary Night Event In Columbia, South Carolina

वासिङ्टन, १ असार । अमेरिकामा राष्ट्रपतीय निर्वाचनको प्राइमरीमध्येको राजधानी वासिङ्टन डिसीमा भएको अन्तिम निर्वाचनको परिणाम हात पार्नुभएको छ ।

यस निर्वाचनमा डेमोक्र्याटहरुले शक्तिको प्रतिकात्मक रुपमा यो प्राइमरीलाई लिएका थिए ।

यस प्राइमरीमा कस्ले जित हातपार्छ भन्ने विषय डेमोक्र्याटिकका बीचमा निकै चर्चाको विषय थियो । तर यसमा हिलरीको विजय सान्दार रुपमा भएको बताइएको छ ।

उक्त प्राइमरीमा हिलरीले ७९ प्रतिशत मत ल्याउनुभएको छ । डेमोक्र्याटिकका अर्का उम्मेदवार बर्नी सेन्डरले भने २१ प्रतिशतमात्र मत हात पार्नुभएको छ ।

हिलरीले आफूलाई आवश्यक पर्ने प्रतिनिधिहरुको समर्थन प्राप्त गरिसक्नुभएको बताइएको छ । यसबाट अब उहाँ अब डेमोक्र्याटिकको तर्फबाट राष्ट्रपतीको उम्मेदवार उठ्ने निश्चितजस्तो भएको छ । रासस/एएफपी