१९ कार्तिक २०८३, बिहिबार

घाँटीको सल गुडिरहेको मोटरसाइकलमा बेरिँदा…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Motorcycleतम्घास (गुल्मी), १ असार । घाँटीमा लगाइएको चुन्नी (सल) गुडिरहेको मोटरसाइकलमा बेरिँदा एक महिलाको ज्यान गएको छ ।

मङ्गलबार बेलुकी लु४प ७८२६ नंको मोटरसाइकलमा चढेर हस्तीचौरबाट सिर्सेनीतर्फ जाँदै गरेको अवस्थामा वस्तु–१, डुकुसीमा पुग्दा गुल्मी वाग्ला–२ की २७ वर्षीया कोपिला गिरीको घाँटीमा रहेकोे चुन्नी अचानक मोटरसाइकलको जन्जिरमा बेरिँदा उनको घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिनुभयो ।

शवपरीक्षणका लागि अहिले जिल्ला अस्पतालमा राखिएको तथा मोटरसाइकलसहित चालक सूर्यबहादुर दर्जीलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । रासस