इलाम, १ असार । राप्रपा नेपालको दोस्रो जिल्ला अधिवेशनबाट हरिकुमार श्रेष्ठ अध्यक्षमा निर्वाचित हुनुभएको छ ।
मङ्गलबार सम्पन्न निर्वाचनमा अध्यक्षका प्रत्यासी हरि डिसीलाई ४५ मतले पछि पार्दै श्रेष्ठ अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । श्रेष्ठले १०२ र डिसीले ५७ मत प्राप्त गर्नुभएको थियो ।
त्यस्तै सदस्यमा क्षेत्र नं १ बाट पम्फा खालिङ, कृष्ण फुयाल र लक्ष्मीकान्त आचार्य, क्षेत्र नं २ बाट रणबहादर कन्दङ्गवा, कृष्णप्रसाद बाँस्तोला र माया चौहान तथा क्षेत्र नं ३ बाट पुण्यप्रभा भट्टराई, पूर्णबहादुर तिम्सिना र रामप्रसाद आचार्य चयन हुनुभएको छ ।
राप्रपा नेपालको अन्य सदस्य जिल्ला कार्यसमितिको पहिलो बैठकले टुङ्गो लगाउने नवनिर्वाचित अध्यक्ष श्रेष्ठले बताउनुभयो । रासस













प्रतिक्रिया