काठमाडौं, १ असार । संघीय गठबन्धनको रिले अनशन आज नवौँ दिनमा प्रवेश गरेको छ ।
काठमाडौंको खुलामञ्चमा आज पनि विभिन्न दलका दुई दर्जन नेता तथा कार्यकर्ता अनशनमा बसेका छन् । अनशनमा विभिन्न क्षेत्रबाट ऐक्यवद्धता आउने क्रम जारी रहेको राष्ट्रिय मधेस समाजवादी पार्टीका प्रवक्ता केशव झाले जानकारी दिनुभयो ।
संविधान पुनर्लेखनको माग गरेर आन्दोलन गर्दै आएको संघीय गठबन्धनले जेठ २५ गतेदेखि रिले अनशन सुरू गरेको हो । अनशन असार मसान्तसम्म चल्नेछ ।












प्रतिक्रिया