– विकाश पराजुली
बुटवल, जेठ ३१ । कपिलबस्तुको चन्द्रौटा १० शिवराजमा सोमबार साँझ एक बहिरा भएकी महिला माथी “सामुहिक” बलात्कार भएको छ ।
कान पनि नसुन्ने र बोल्न पनि नसक्ने ३५ बर्षिय यम कुमारी थारु (नाम परिवर्तन) माथी शशस्त्र प्रहरी जवानहरुले “सामुहिक” बलात्कार गरेका हुन ।
आइतबार साँझ ७ बजेको समयमा जवई खोलामा भैसीलाई आहाल गराउन गएको अवस्थामा नुहाउँन आएका शसस्त्रका प्रहरी जवानहरुले उनीमाथी “सामुहिक” बलात्कार गरेको परिवारजनको आरोप छ ।
‘खोलामा गएपछि जंगलको नजिकै बाट एक हुल समुहमा आएर बाधेर घिर्सादै पर लगेर बलात्कार गरेका हुन, पीडितकी भाउजु रामपुलारी थारुले भनिन् ।”

उनले आफु बोल्न नसकेपछि सवैकुरा संकेत मार्फत आफुलाई जानकारी गराएको बताईन । उनको शरिरमा टोकेको तथा घिसारेको डाम शरिर भरि रहेको छ । बोल्न र सुन्न नसक्ने थारुका १८ बर्षिय छोरा छन् । उनी कामको शिलशिलामा भारतमा रहेका छन् ।
यम कुमारी थारु (नाम परिवर्तन) भाउजु राम पुलारी थारुको बस्दै आएकी छिन् । श्रीमानले वेवास्ता गरेपछि उनी भाउजुको शरणमा पुगिन ।
“सकि नसकि घिस्रिदै खोला नजिकै रहेको न्यौपानेको घरमा पुगेर केही बताएपछि घटना बारे थाहा पायौ ।” उनले भनिन् ।
यसैबीच घटनाको विषयलाई लिएर नागरिक अधिकार कर्मीहरुले सोमबार विहान वडा प्रहरी कार्यालय चन्द्रौटा घेराउ गरेका थिए । बोल्न र सुन्न नसक्ने महिला माथी “सामुहिक” बलात्कार भएको भन्दै प्रहरी कार्यालय घेराउ गरेका थिए ।
वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक राजकुमार सिलवालले शसस्त्र प्रहरी बल विन्दबासेनीका एक सशस्त्र जवानलाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान सुरु भएको बताए । “हामीले एक जनालाई लिएर अनुसन्धानको सुरु गरेका छौ” उनले भने–“अन्य विस्तृत अनुसन्धान पछि पत्ता लाग्नेछ ।”
पिडित थारुले आफुलाई १० जनाले हात छोपेर बलात्कार गरेको बताएकी छिन् ।













प्रतिक्रिया