१८ कार्तिक २०८३, बुधबार

भारतीय राजदूतलाई स्याङ्जामा यसरी गरियो भव्य स्वागत (फोटो फिचर)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ranjit-Ray

स्याङ्जा, ३१ जेठ । भारतीय राजदूत रन्जीत रेलाई स्याङ्जामा भव्य स्वागत गरिएको छ ।

स्याङ्जाको पुतलीबजार र बयरघारीमा बन्न लागेका क्याम्पस र विद्यालय भवनको शिलान्यास गर्न सोमबार त्यहाँ पुगेका रेलाई स्थानीयहरुले भव्य स्वागत गरेका हुन् ।

पाँच महिनासम्म भारतले नाकाबन्दी लगाएर दिएको दुःख पीडा बिसर्दै स्थानीयहरुले राजदूत रेलाई हात हातमा फूल बोकेर नेपाली टोपी उपहार दिएका थिए ।

त्यसक्रममा राजदूत रायले नेपाल र भारतबीचको सम्बन्ध कसैले चाहेर पनि तोड्न नसक्ने बताए । दुई छिमेकीबीचको जनस्तरसम्मको सम्बन्ध अति नै बलियो र प्रगाढ रहेको भन्दै त्यसलाई थप बनाउन आफू लागिरहेको उनले सुनाए ।

नेपालको समग्र विकासका लागि भारत सदैव चिन्तित रहेको बताउँदै उनले विकासमा भारत जस्तोसुकै सहयोग गर्न तयार रहेको जानकारी गराए ।

Ranjit-Ray-3Ranjit-Ray  Ranjit-Ray-2  Ranjit-Ray-4