फ्लोरिडा, ३१ जेठ । संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यको ओल्यान्डोमा अवस्थित नाइट क्लबमा एक जना सशस्त्र बन्दुकधारीले मनोरञ्जन गरिरहेका युवालाई उक्त नाइट क्लबमा प्रबेश गरी आइतबार अन्धाधुन्द गोलीहानी बन्धक बनाएपछि उनीहरुलाई छुटाउने प्रयासमा ५० जनाको मृत्यु भएको ओल्यान्डोका मेयरले बताउनुभएको छ । घटनामा ५३ जना घाइते भएका छन् ।
यो घटना अमेरिकी इतिहासमै गोली हानी गरिएको ठूलो मध्येको सामुहिक हत्या भएको प्रहरीले जनाएको छ ।
यसअघि फेडेरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबीआई) का विशेष प्रतिनिधि रोन हार्परले बन्धक युवालाई छुटाउन गरेको कार्बाहीमा कम्तिमा २० जनाको मृत्यु भएकोे र ४२ जना घाइते भएका बताउनुभएको थियो ।
फ्लोरिडाको मध्यभागमा अवस्थित अरलान्डो सहरमा नाइट क्लबमा मनोरञ्जन गरिरहेका मानिसहरुलाई बिहान ५ बजे बन्धक बनाएपछि प्रहरीले उनीहरूलार्ई छुटाउने क्रममा मृत्यु भएको ओल्यान्डोका प्रहरी प्रमुख जोन मिनाले जनाउनुभयो । –एएफपी















प्रतिक्रिया