१९ कार्तिक २०८३, बिहिबार

कञ्चनपुरमा श्रीमानले श्रीमतीको हत्या गरेर खाल्डोमा गाडे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kanchanpurभीमदत्तनगर, ३० जेठ । कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ छोटीकिँचाइका ३२ वर्षीय केशव बोहराले श्रीमतीको हत्या गरेका छन् ।

प्रहरीका अनुसार बोहराले गत जेठ २४ गते राति २६ वर्षीया श्रीमती मायाको हत्या गरेर घर नजिकैको गोठमा खाल्डो खनेर गाडेका थिए । हत्याको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक केदार खनालले हत्या आरोपमा बोहरालाई आज धनगढीबाट पक्राउ गरिएको बताउनुभयो । मृतकको एक छोरा र एक छोरी रहेका छन् । रासस