३१ आश्विन २०८३, शनिबार

चीनको शंघाई विमानस्थलमा बम विस्फोट

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

A bomb disposal expert checks a luggage near the site of a blast at a terminal in Shanghai's Pudong International Airport, China, June 12, 2016. REUTERS/Aly Song
A bomb disposal expert checks a luggage near the site of a blast at a terminal in Shanghai’s Pudong International Airport, China, June 12, 2016. REUTERS/Aly Song

काठमाडौं, ३० जेठ । उत्तरी छिमेकी चीनको व्यवसायिक सहर शंघाईको पुडांग अन्तर्राष्ट्रिय विमानस्थलमा बम विस्फोट भएको छ ।

शंघाई विमानस्थलको अथरिटी विभागका अनुसार विस्फोटमा परी तीन यात्रु घाइते भएका छन् । यो घटना सेल्फ–मेड एक्सप्लोसिव मैटीरियलबाट भएको हो ।

चिनियाँ समाचार संस्था सिन्ह्वाको रिपोर्ट अनुसार शंघाई पुडांग एयरपोर्टको टर्मिनल २ को टिकेटिंग एरिया नजिकै दिउँसो दुई बजेर २० मिनेटमा विस्फोट भएको थियो । घाइतेलाई तुरुन्तै अस्पताल लगिएको थियो । उनीहरुको उपचार भइरहेको छ ।

चिनियाँ अधिकारीहरुले यो घटनाको छानविन सुरु गरेका छन् । प्रहरीले घटनास्थललाई आफ्नो नियन्त्रणमा लिएको छ । ता कि नियमित उडान तालिकामा कुनै बाधा नआओस् ।