जोहानसवर्ग (दक्षिण अफ्रिका), ३० जेठ । दक्षिण अफ्रिकाको केप टाउन नजिकै एउटा घरमा शनिबार आगलागी हुँदा तीन बालबलिकासहित आठ जनाको मृत्यु भएको छ ।
स्थानीय समयअनुसार बिहान ९ बजेतिर लागेको आगोमा परी आठ जनाले ज्यान गुमाएका र पाँच जना जलेर सख्त घाइते भएका अग्नि नियन्त्रण विभागका प्रवक्ता लेइजल मुडीले सञ्चारमाध्यमलाई बताउनुभयो ।
आगलागीको कारणबारे शनिबार अबेरसम्म थाहा हुन सकेको छैन । स्थानीय सुरक्षाकर्मीको सहयोगमा केपटाउनको प्रशासनले घटनाबारे छानबिन सुरु गरेको जनाएको छ । – एएफपी















प्रतिक्रिया