१८ कार्तिक २०८३, बुधबार

लिम्बूवान मुक्ति मोर्चा उपेन्द्र यादवको पार्टीमा विलय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Limbuan (1)

इटहरी, २९ जेठ । पूर्वी नेपालका प्रभावशाली नेता पद्म अधिकारी नेतृत्वको लिम्बूवान मुक्ति मोर्चा नेपाल संघीय समाजवादी फोरम नेपालमा औपचारिक रुपमै प्रवेश गरेको छ ।

इटहरीमा आयोजित पार्टी एकीकरण घोषणा कार्यक्रममा लिम्बुवान मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष पद्म अधिकारीले सिङ्गो पार्टी र नेता तथा कार्यकर्ताको दलबलसहित आफूहरु फोरम नेपालमा प्रवेश गरेको घोषणा गरेका छन् । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको विशेष उपस्थितिमा दुई पार्टीबीच एकीकरणको घोषणा गरिएको हो ।

Limbuan (2)

लिम्बूवान मुक्ति मोर्चाको प्रवेशसँगै उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल झन् सशक्त बनेर देखा परेको छ । पूर्वी नेपालको ९ वटा जिल्लामा लिम्बूवान मुक्ति मोर्चाको विशेष पकड र प्रभाव रहेको छ ।

पछिल्लो समय कांग्रेस, एमाले, माओवादी लगायत विभिन्न पार्टी परित्याग गरी फोरम नेपाल प्रवेश गर्ने लहर चलिरहकै बेला लिम्बूवान क्षेत्रको सशक्त दल मानिने लिम्बूवान मुक्ति मोर्चासँगको एकीकरणले फोरम नेपाललाई झन् बलियो बनाएको छ ।

लिम्बूवानको मुक्ति मोर्चाको प्रवेशसँग पूर्वी नेपालको सिङ्गो ९ वटा जिल्ला कब्जा गर्न सफल भएको छ । एकीकरण गरी फोरम नेपालमा प्रवेश गरेको लिम्बूवान मुक्ति मोर्चा २९ दलीय संघीय गठबन्धनमा आबद्व भई राजधानीमा सशक्त आन्दोलन गर्दै आएको थियो ।