विराटनगर, २९ जेठ । पूर्वाञ्चल बिश्वबिद्यालयमा विहीबार कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले निरीक्षण भ्रमण गर्नु भएको छ ।
बिश्वविद्यालयको कार्यालय गोठगाउमा पूर्वाञ्चल बिश्वबिद्यालय हित तथा सरोकार समाजको आयोजनामा गोठगाउँमा आयोजना गरिएको बृहत नागरिक अन्तरक्रियामा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वाञ्चल बिश्वबिद्यालयको समस्या समाधान गर्न आफूले तल्काल पहल गर्ने र केन्द्रिय कार्यालय स्थानान्तरणका निमित्त आफू सकारात्मक रहेको बताउनुभयो । अब बिश्वबिद्यालयभित्र बिकृतिको अन्त्य गर्दै नागरिक आन्दोलनलार्इ सम्मान गरिने समेत बताउनुभयो ।
नागरिक आन्दोलनले बिश्वबिद्यालयका समस्या बाहिर ल्याएकोमा उहाँले धन्यबाद ज्ञापन गर्नुभयो ।
कार्यक्रममा नागरिक समाजको तर्फबाट सन्जिब रोकाहाले बिस्वबिद्यालयमा गलत प्रवृतिको नेतृत्व उपकुलपतिले गर्ने हो भने बिश्वबिद्यालयमा रहनुको औचित्य नहुने बताउनुभयो । उहाँले प्रधानमन्त्रीको अगाडी भीसीको खुलेर आलोचना गर्दै सच्चिएर अगाडि बढ्न चेतावनी दिनुभयो । बिश्वबिद्यालयको सुधारका निम्ति उहाँले स्पष्ट कार्ययोजना समेत प्रस्तुत गर्नुभयो ।
बृहत नागरिक उपस्थिति भएको उक्त सभामा गुरु बराल, चन्द्र गुरुङ, एमाले नेता एबं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ लगायतले मन्तब्य राख्नुभएको थियो ।













प्रतिक्रिया