१८ कार्तिक २०८३, बुधबार

औषधि नदिएपछि सेनाका जवानले बोतल प्रहार गरे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali Army– ललित केसी

अछाम, २९ जेठ । अछामको मंगलसेनमा नेपाली सेनाका जवानले मदिरको बोतल प्रहार गर्दा एक जना स्वास्थ्यकर्मी घाइते भएका छन् ।

कञ्चनपुरको झलारी घर भई दुर्गाबक्स गण मंगलसेनमा कार्यरत लोकेन्द्रसिंह धामीले धर्मेस्वर पोलिक्लिनिकका सञ्चालक देवेन्द्र केसीलाई मदिराको भरी बोतलले प्रहार गरी घाइते बनाएका हुन् ।

आफ्नै औषधि पसलमा बसीरहेका केसीलाई धामीले मदिरा सेवन गरी कुटपिट गरेको जनाइएको छ । धामीले ट्रमाडोल नामक औषधि मागेका थिए । सो औषधि आफूसंग नभएको बताएपछि धामीले आफ्नो खल्तीमा रहेको बोतल निकालेर केसीलाई प्रहार गरेरको घाइते बनाएको पुष्प केसीले जानकारी दिए ।

घाइते केसीको उपचार भैरहेको छ । उनको टाउकोमा ४ टाँका लागेको जिल्ला अस्पताल अछामका प्रमुख डाक्टर शरदचन्द्र बरालले बताएका छन ।

बोतल प्रहार गर्ने सैनिक जवान धामीलाई जाँच गर्दा मदिरा सेवान गरेको पाइएको चिकित्सकहरूले बताएका छन् । धामीलाई प्रहरीले हिरासतमा राखेको प्रहरी प्रमुख डिएसपी निरञ्जनदत्त भट्टले बताएका छन ।