काठमाडौं, २८ जेठ । दुई देशको पर्यटन प्रर्बद्धनका लागि सघाउन नेपाल र भारतका पत्रकार एक ठाउँमा उभिएका छन् ।
इलाममा भएको दुई देशका पर्यटन पत्रकारहरुको भेलाले इन्डो–नेपाल टुरिजम जर्नालिस्ट एसोसिएसन गठन भएको छ । एसोसिएसनको तदर्थ समितिको संयोजकमा सिक्किम एक्सप्रेसका प्रशान्त आचार्य र उपसंयोजकमा कान्तिपुर दैनिकका शेखर अधिकारी चुनिएका छन् ।
सदस्यहरुमा नेपालका तर्फबाट रामेश्वर कार्की, विद्रोही गिरी, सोम शर्मा बजगाईं, हरिशरण न्यौपाने र हिमाल दाहाल छन् । भारतको तर्फबाट अजय राय, आनन्द बनर्जी, मधेव घोष, जयश्री भट्टाचार्य, नेताई मालाकार, प्रलय बानिक, प्रशुन बानिक र पोषणदेव मल्लिक छन् ।
एसोसिएसनको अर्को बैठक सिक्किम बस्ने उपसंयोजक अधिकारीले बताए । उनका अनुसार अर्को बैठकले विधानलाई अन्तिम रुप दिंदै संस्था दर्ता प्रक्रिया सुरु गर्नेछ ।













प्रतिक्रिया