१९ कार्तिक २०८३, बिहिबार

शल्यक्रिया गर्न लागिएकी सुत्केरीको हृदयाघातबाट मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

गाईघाट (उदयपुर), २८ जेठ । जिल्ला अस्पताल उदयपुरमा बिहीबार बेलुकी शल्यक्रिया गर्न लागिएकी एक सुत्केरी महिलाको हृदयाघातका कारण मृत्यु भएको छ ।

मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका–३ पुरानो गाईघाटस्थित सोनापुर बस्ने २९ वर्षीया जानुका विक रहेको जिल्ला अस्पताल उदयपुरले बताएको छ ।

बिरामीलाई सुत्केरी व्यथा लागेर अस्पताल ल्याएपछि श्ययामा शल्यक्रियाका लागि तयारी गर्नै लाग्दा हृदयाघात भई मृत्यु भएको जिल्ला अस्पताल उदयपुरका प्रमुख डा विष्णुबहादुर बस्नेतले बताउनुभएको छ । रासस