९ कार्तिक २०८३, सोमबार

अमेरिकाले यसरी देखायो असली चरित्र, नजर मधेसतिर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

barak-obama-1काठमडौं, २८ जेठ । नयाँ संविधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत मधेस केन्द्रित दलको माग वार्तामार्फत समाधान गर्ने नेपाल सरकारको प्रयासमा सहयोग गर्ने अमेरिकाले जनाएको छ ।

अमेरिकाले संवादमार्फत नै सबै समस्या समाधान हुने विश्वाससमेत व्यक्त गरेको छ । नागरिक दैनिकले समाचार छापेको छ ।

नेपाल भ्रमणमा रहेका दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी मुख्य उपसहायक विदेशमन्त्री केपी ओलीलाई भेटी सरकारको प्रयासमा साथ दिने आशय व्यक्त गरेका हुन् ।

‘संविधानप्रति असन्तुष्टि राखेका मधेसी दलको माग वार्तामार्फत समाधान गर्ने नेपाल सरकारको प्रयासमा सहयोग गर्ने अमेरिकी मुख्य उपसहायक विदेशमन्त्रीले बताउनु भयो ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटबार्ताबारे जानकारी दिँदै प्रधानमन्त्रीका विदेश मामिला विज्ञ गोपाल खनालले भने, ‘संवादमार्फत सबै समस्या समाधान हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।’