१८ कार्तिक २०८३, बुधबार

राष्ट्रिय सहमतिको सरकारको नेतृत्व पनि केपी ओलीले नै गर्छन्ः कानुनमन्त्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

agni-kharelकाँकडभिट्टा (झापा), २७ जेठ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्नि खरेलले वर्तमान सरकार तत्काल परिवर्तन नहुने बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल झापा शाखाले आज अपराह्न आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री खरेलले २०७४ साल माघ ७ गतेसम्म सरकार परिवर्तन नहुने दाबी गर्नुभयो ।

उहाँले माघमा हुने प्रतिनिधि सभाको निर्वाचनको परिमाणले मात्र सरकार परिवर्तन हुने जानकारी दिनुभयो ।

मन्त्री खरेलले अहिले चर्चामा रहेको राष्ट्रिय सहमतिको सरकारको प्रसङ्ग कोट्याउँदै भन्नुभयो, “सबै दल मिलेर आए राष्ट्रिय सहमतिको सरकारको नेतृत्व गर्न पनि नेकपा (एमाले) तयार छ ।” रासस