१८ कार्तिक २०८३, बुधबार

सचिव गाउँमा नगएपछि स्थानीयले कार्यालयमा ताला लगाए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

talabandiसिन्धुली, २७ जेठ । सिन्धुलीको भद्रकाली गाउँ विकास समितिका स्थानीय बासिन्दाले गाविस सचिव गाउँमा नआएपछि कार्यालयमा ताला लगाएका छन् । लामो समयदेखि गाविसमा सचिव को हो र किन नआएको भन्दै आज स्थानीय राजनीतिक दल, वडा नागरिक मञ्च र स्थानीयवासीको सर्वपक्षीय भेला बसी कार्यालयमा ताला लगाएका हुन् ।

निकै पहिले गाविस सचिव पूजा शाह गाविसको कार्यालयमा एक पटक आएको र अहिले उहाँ सरुवा भएको र जिविसले नयाँ सचिव पठाएको भने पनि कार्यालयमा हाजिर हुन नआएपछि ताला लगाएको नेपाली काँग्रेस भद्रकाली गाविसका उपसभापति उत्तम कार्कीले बताउनुभयो ।

गाविस सचिव नआउँदा गुनासो सङ्कलनदेखि अन्य काम प्रभावित भएकाले ताला लगाउनुपरेको उहाँको भनाइ छ ।

भूकम्प प्रभावित स्थानीयवासीले रु दुई लाख आवास निर्माणका लागि पाउने अनुदानबाट वञ्चित भएको र उनीहरुले गुनासो दर्ता गराउन आउँदा कार्यालयमा गाविस सचिव नभेटिएपछि गुनासो दर्ता समयमा नभएको स्थानीयवासी वसन्त गौतमको भनाइ छ ।

स्थानीय विकास अधिकारी ईश्वरकुमार गिरीले भद्रकाली गाविसमा ताला लगाएको बारे आफूलाई जानकारी नआएको र उक्त गाविसमा अव दुई/चार दिनमा गाविस सचिव कमल लामा जाने बताउनुभयो ।

कमल लामाले बस्तीपुर र भद्रकाली गाविसको जिम्मा दिएकाले पनि समस्या सिर्जना भएको भन्दै सचिवले जिम्मेवारी निर्वाह गरिरहेको उहाँले जानकारी दिनुभयो । रासस