१८ कार्तिक २०८३, बुधबार

गठबन्धनको आन्दोलनमा भोजराज पोखरेलदेखि दीपेन्द्र झासम्मको समर्थन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gathbandhan

काठमाडौं, २७ जेठ । २९ दलीय संघीय गठबन्धनको आन्दोलनमा पूर्व निर्वाचन आयुक्त भोजराज पोखरेल, इन्सेक अध्यक्ष सुबोध प्याकुरेल, मानवअधिकार आयोगका पूर्व सदस्य सुदिप पाठक र लेखक दीपेन्द्र झाले समर्थन गरेका छन् ।

तीन दिनअघि खुला मञ्चमा सुरु भएको गठबन्धनको रिले अनशनमा उनीहरुले उपस्थित भएर आन्दोलनप्रति समर्थन जनाएका हुन् ।

आज विहीबार संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ लगायत नेताहरु रिले अनशनमा बसिरहेका छन् ।

अनशन स्थलमा आएका चार जनाले अनशनमा करिब आधा घन्टा बिताएर नेताहरुसँग हात मिलाएर कुराकानी गरेका थिए । पूर्व निर्वाचन आयुक्त पोखरेलले आन्दोलन शान्तिपूर्ण हुनुपर्ने र राज्यले जिम्मेवार भएर शान्तिपूर्ण आन्दोलनको समाधान गर्नुपर्ने बताए ।

सो क्रममा दीपेन्द्र झाले गठबन्धनको आन्दोलनमा आफ्नो पूर्ण ऐक्यवद्धता मात्रै नरहेको बरु आफू पनि आन्दोलनमा रहेको बताएका छन् । उनले संविधानको विभेदकारी धाराहरुको पुनर्लेखन हुनुपर्ने जिकिर समेत गरेका छन् ।