काठमाडौं, २७ जेठ । नेपाल प्रहरीले विहीबार उपत्यकामा निशुल्क बस संचालन गरेको छ ।
नेकपा माओबादी (विप्लव)ले गरेको नेपाल बन्दले यात्रुहरुलाई सास्ती भएपछि प्रहरीले दुई वटा बस निशुल्क संचालन गरी सेवा प्रदान गगरिएको प्रवक्ता डिआईजी माधव जोशीले जानकारी दिए ।
बस विहान १० बजेदेखि ५ बजेसम्म संचालन हुनेछ ।
उक्त बसहरु नक्साल, मैतीदेवी, गौशला, कोटेश्वर, तिनकुने, बवरमहल, माइतीघर, त्रिपुरेश्वर, सहिदगेट, लैनचौर, लाजिम्पाट, नारायणगोपाल चोक, बालुवाटर हुदै नक्साल र अर्को बस नक्साल, पुतलीसडक, माइतीघर, कुपण्डोल,पुल्चोक, जाउलाखेल, एकान्तकुन्ना, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, शहिदगेट, रत्नपार्क, दरवामार्गमार्ग हुदै नक्सालसम्म रहेका छन् ।













प्रतिक्रिया