१८ कार्तिक २०८३, बुधबार

विप्लब माओवादीको बन्दले गुल्मी ठप्प

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

tamghas gulmi

– अनिल खत्री

गुल्मी, २७ जेठ । विप्लब नेतृत्व नेकपा माओवादीले गरेको बन्दका कारण गुल्मीको जनजिवन प्रभावित भएको छ ।

बन्दका कारण गुल्मीबाट छुटने छोटो तथा लामो दुरीका सवारी साधनहरु छुटेका छैनन् । बन्दबाट बजार, शिक्षण संस्था, उद्योगधन्दाहरु पूर्ण रुपमा ठप्प भएका छन् ।

जिल्लाको सदरमुकाम तम्घास बजारसहित ग्रामीण भेगमा रहेका मुख्य व्यापारिक केन्द्र शान्तिपुर, रिडी, वामीटक्सार, भुवाचिदी, वलेटक्सार, सिमलटारी लगायतका स्थानका बजारहरु पनि बन्द रहेको नेकपा माओवादी गुल्मीका खिम खड्काले जानकारी दिनुभयो । गुल्मीमा बन्दलाई कसैले अबज्ञा नगरेकोले शान्तिपूर्ण रुपमा बन्द सफल भईरहेको खड्काले जानकारी दिनुभयो ।

आफ्ना पार्टीका जिल्लास्तरीय नेता–कार्यकर्ताहरु सरकारद्धारा गिरफ्तारपछि लामो समयसम्म पनि रिहा नभएपछि विप्लव माओवादीले बाध्य भएर बन्द कार्यक्रम राखेको बताएको छ ।

आफ्नो पार्टीले राष्ट्रिय अतिक्रमणकारी र राष्ट्रघाति दलाल तत्वहरुकाविरुद्ध संघर्ष गर्दा यो सरकारलाई सह्य नभएको, देशमा डरलाग्दो रुपमा मौलाएको भ्रष्टाचार, कालोबजारी कमिशन, कृत्रिम अभाव र आकाशिदो मूल्यवृद्धिका विरुद्ध संघर्ष गर्दा आफ्ना कार्यकर्ताहरुलाई राज्यले जेलमा थुन्नु निकै दुखलाग्दो भएको भन्दै यस्तो हर्कतका विरुद्ध संघर्षको कार्यक्रम राख्नु परेको बताएका छन् ।