१८ कार्तिक २०८३, बुधबार

संविधान कार्यान्वन गर्न राष्ट्रिय सहमति आवश्यक : कांग्रेस नेता बडू

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dilendra-Badu-1– मोहन विष्ट

कञ्चनपुर, २७ जेठ । नेपाली कांग्रेसका नेता दिलेन्द्र बडूले नयाँ संविधान कार्यान्वयन गर्नका लागि राष्ट्रिय सहमति हुनुपर्ने बताउनुभएको छ ।

बिहीबार बिहान महेन्द्रनगरस्थित आफ्नै निवासमा पत्रकारसित कुराकानी गर्दै संविधान कार्यान्वयन गर्नका लागि राष्ट्रिय सहमति हुनुपर्ने बताउनुभएको हो । ‘राष्ट्रिय एजेण्डामा दलहरुवीच राष्ट्रिय सहमति आजको आवश्यकता हो’, उहाँले भन्नुभयो, ‘प्राप्त उपलब्धीहरु संस्थागत गर्नका लागि सबैभन्दा पहिलो प्राथामिकता संविधान कार्यान्वन हुनुपर्छ ।’

संसदको १७ महिना मात्रै अवधी बाँकी रहेकाले तत्तकाल ऐनहरु संशोधन गर्नुपर्नेमा नेता बडूले जोड दिनुभयो ।

अझै पनि २५० ऐन/कानुनहरु संशोधन गर्न बाँकी रहेको बताउदै नेता बडूले ऐन निर्माणमा पनि सहमती आवश्यक रहेको औल्याउनुभयो ।