हेटौँडा, २७ जेठ । राप्रपा नेपाल मकवानपुरको बुधबार साँझ सम्पन्न तेस्रो जिल्ला अधिवेशनले रामहरि न्यौपानेको अध्यक्षतामा १८ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
अधिवेशनले पार्टीको क्षेत्र नं १ बाट पार्टीको क्षेत्रीय अध्यक्षमा राजाराम अर्याल क्षेत्र नं २ बाट रञ्जीत खड्का क्षेत्र नं ३ बाट धु्रव सन्ज्याल र क्षेत्र नं ४ बाट गोविन्द रिजाल क्रमशः क्षेत्रीय अध्यक्षमा निर्वाचित गरेको थियो ।
सर्वसम्मत निर्वाचित पार्टी अध्यक्ष तथा सदस्यलाई सभासद् गणेश थापाले निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नुभयो । अधिवेशनमा जिल्लाका चारवटै निर्वाचन क्षेत्रबाट ४८० जना सहभागी थिए । रासस












प्रतिक्रिया