
काठमाडौं, २६ जेठ । सर्लाही मलङगवा नगरपालिका–२ बस्ने त्रिपुरेश साहलाई भन्सार छलि लैजान लागेको करीव १४ लाख १९ हजार ६ सय रुपैयाँ मुल्य पर्ने ३ सय ग्राम सुनसहित मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको आगमनतर्फको पार्किङ क्षेत्रमा बाहिरी मुलुकबाट आएका यात्रुहरुबाट भन्सार छलि अवैधरुपमा सुन संकलन गरी भन्सार छलि लैजान लागेको अवस्थामा ६ टुक्रामा रहेको उक्त सुनसहित उनलाई प्रहरीले पक्राउ गरेको हो ।
साहलाई आवश्यक कारबाहीको लागि त्रिभुवन बिमानस्थल भन्सार कार्यालय गौचर पठाइएको महानगरीय प्रहरी बिमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।












प्रतिक्रिया