३१ आश्विन २०८३, शनिबार

अमेरिकामा इतिहास रच्दै हिलारी क्लिन्टन, राष्ट्रपतिको उम्मेदवार बन्न सफल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Hilari-clinton

– विजय थापा

वाशिंगटन डिसी, २६ जेठ । अमेरिकन राष्ट्रपतिको प्राथमिक निर्वाचनमा डेमोक्रेटिक दल कि सशक्त उम्मेदवार हिलारी क्लिन्टन शानदार जितका साथ अमेरिकाको इतिहासमा प्रथम महिला राष्ट्रपति उम्मेदवार बन्न सफल भएकी छिन् ।

क्लिन्टनले डेमोक्रेटिकका सशक्त प्रतिद्वन्दी बर्नी स्याँडर्सलाई हराएकी छिन् । उनले बिजयी भाषण गर्दै बर्नी स्याँडर्सलाई धन्यबाद दिएन् ।

उनले रिपब्लिकन दलका डोनाल्ड ट्रंप राष्ट्रपतिको लागि योग्य छैन भन्दै कडा शब्दमा जवाफ दिईन् । उनले आफ्नो दल, कार्यकर्ता, मतदाता सबैलाई बिशेष धन्यबाद दिएकी छिन् ।

Hillary Clinton

उनले मन्तब्यको क्रममा प्राथमिक निर्वाचन सकिएको हैन अब सुरु भएको चर्चा गरिन ।

बुधबार ५ वटा राज्यहरुमा भएका मतदानमा हिलारी क्लिन्टनले ३ वटा राज्यहरु क्रमसः क्यालिफोर्नियामा ५६.०, न्यु मेक्सिकोमा ५१.५, साउथ डेकोटामा ५१.० प्रतिशत मत ल्याई बिजयी हासिल गरिन् ।र उनका प्रतिद्वन्द्वी स्यानडर्सले मोनटाना र नर्थ डकोटामा बिजयी हासिल गरे ।

अमेरिकी राष्ट्रपतिका लागि आगामी डिसेम्बरमा निर्वाचन हुँदैछ ।