१८ कार्तिक २०८३, बुधबार

चितवनमा डेनमार्क र ईटालियन पर्यटकमाथि गैंडाको आक्रमण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gaida

चितवन, २६ जेठ । चितवन घुम्न आएका विदेशी पर्यटकमाथि गैंडाले आक्रमण गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार रत्ननगर नगरपालिका–१८ स्थित सौराहास्थित होटल बटरफ्लाईमा बस्दै गरेका डेनमार्क नागरिक लाउरा बेक, ईटालियन नागरिक डेलान रेनर र रत्ननगर नगरपालिका–१९ बस्ने १८ वर्षीय राजकुमार थापा समेत होटलबाट जंगलतर्फ पैदल जाँदै गरेको अबस्थामा जंगली गैंडाले आक्रमण गर्दा २ जना घाइते भएका छन् ।

घाइते हुनेमा डेनमार्क नागरिक लाउरा र नेपाली नागरिक राजकुमार रहेका छन् । घाइते दुबैलाई उपचारको लागि भरतपुरतर्फ पठाइएको छ ।

ईटालियन नागरिक डेलान सकुशल रहेका छन् ।