१८ कार्तिक २०८३, बुधबार

सुतिरहेकी महिलाको घरभित्रै घुसेर बलात्कार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rapeसिराहा, २६ जेठ । सिरहामा एक पुरुषले घरभित्रै घुसेर सुतिरहेकी महिलाको बलात्कार गरेका छन् ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार जबरजस्ती करणी गरेको अभियोगमा सिरहा नगरपालिका–१४ बस्ने ४३ वर्षीय हकरु पासवानलाई प्रहरीले पक्राउ गरेको छ ।

पासवानले बुधबार सोही ठाउँ बस्ने ४५ वर्षीया महिलालाई आफ्नै घरमा सुतिरहेको अवस्थामा जवरजस्ती करणी गरेको बताइएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।