९ कार्तिक २०८३, सोमबार

ओलीले प्रचण्डलाई बालुवाटारमा यसरी ठाडै हपारे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Puspakamal-Dahal-&-K-P-Oliकाठमाडौं, २६ जेठ । भद्र सहमतिअनुसार आफूलाई केपी ओलीले प्रधानमन्त्री पद हस्तान्तरण गर्नुपर्छ भन्दै हिँड्ने माओवादी अध्यक्ष प्रचण्डलाई ओलीले सरकारबाट बाहिरिन चुनौती दिएका छन् ।

गत आइतबार बिहान प्रधानमन्त्री ओलीसँग निर्णायक वार्ता गर्न बालुवाटार पुगेका प्रचण्डलाई ओलीले वामगठबन्धन जोगाउनु पर्ने र भारतसँग लड्नु पर्ने अवस्था विद्यमान रहेको तर्क प्रस्तुत गर्दै भने, ‘यो सधैंको खटपट म सुन्न चाहन्न, तपाईलाई यो गठबनधनबाट बाहिर जानु छ भने जानुस् मेरो भन्नु केही छैन, होइन भने भद्र सहमतिका नाममा अभद्र कुरा गर्दै हिँड्ने काम बन्द गर्नुप-यो ।’ घटना र विचार साप्ताहिकले समाचार छापेको छ ।

ओलीको रौद्र रुप देखेर रिस पोख्न पुगेका प्रचण्ड आफैँ ठण्डा भएर भने, ‘म राष्ट्रिय सहमतिको सरकारको नेतृत्व लिने पक्षमा छु, तपाईलाई हटाएर बहुमतीय सरकारको प्रधानमन्त्री बन्ने मेरो चाहना होइन ।’