९ कार्तिक २०८३, सोमबार

रुपाको रुपले कमरेडहरूको यसरी भयो भागाभाग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, २६ जेठ । जमाना यति खराब भइसक्यो कि, हुर्किएकी छोरी जोगाउनै मुस्किल । त्यसमाथि एकजना यस्ती आमा आइलागिन्, छोरी बिग्रेली भनेर रेखदेख पुगाउन कहाँ–कहाँ, उल्टै आफ्नी छोरीलाई घरबेटीको छोरासँग चुकुल ठोकेर माया बनाइदिने !

मामिला बढ्दै गएपछि अहिले जिल्ला प्रशासन कार्यालय, ललितपुरमा २० करोडको सौदाबाजी चलिरहेको छ । जनआस्था साप्ताहिकले समाचार छापेको छ ।

यस्तो घटनामा एक जना दिवंगत, सादगी र निष्कलंकित नेताको नाम अनाहक मुछिने भयो भनी केही एमाले नेता महिलाको पक्षमा लागे ।

तर, कुरो खुल्दै जाँदा कामरेडहरूको भागाभाग चलेको छ । यसरी अनाहकमा नाम जोडिन पुगेको छ, मनमोहन प्रतिष्ठानको ।

मोरङको हात्तीमुढामा अवस्थित मनमोहन पोलिटेक्निकको गाडी चलाउने चक्र कार्कीले ललितपुर, सानेपास्थित मनमोहन प्रतिष्ठानमा पत्नीलाई जागिर लगाइदिएका छन् ।

आफू बढीजसो विराटनगर बसेर काठमाडौंजस्तो ठूलो ठाउँमा पत्नीलाई जागिर र यतै छोरी पढाउने काम गर्नुलाई आफ्नो पौरख ठान्ने नै भए ।

अहिले आमा–छोरीले यस्तो पौरख देखाइदिँदा सानेपाका स्थानीय तण्डुकार परिवारमा रुवाबासी चलेको छ ।

चल र अचल सम्पत्तिले सम्पन्न, तर धर्त्याइँ नजान्ने तण्डुकारका घरको भुँइतलामा आमा–छोरी ढेरा बस्छन् ।

छोरी रुपा (नाम परिवर्तन) बिछट्टै राम्री घरबेटीका छोरा जित तण्डुकार भर्खर उमेर चढ्दै गरेका लक्का जवान । रुपा कक्षा ८ मा पढ्दादेखि उनीभन्दा केही जेठा जितसँग हिमचिम बढ्यो ।

यस्तोमा सामन्यतया आमाहरूले छोरीलाई सम्हालिनुपर्ने शिक्षा दिन्छन् । तर, रुपाकी आमाले ठीक उल्टो, छोरीलाई सन्काइन् । पाटनका सम्पत्तिवाल नेवारको छोरोसँग लाग्नु पुरस्कारजत्तिकै भयो ।

जब जित रुपालाई भेट्न कोठामा छिर्थे, आमा अर्कोतिर बाटा लाग्ने । कहिले काहिँ त छोरीलाई खर्चै दिएर घरबेटीको छोरोसँग घुम्नसमेत पठाउने ।

आमाले बुझिसकेकी थिइन्, घरबेटीको सानेपामा २१ रोपनी जमिन छ । दुई भाई छोरा छन्, दुवै सोझा ।