काठमाडौं, २६ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतका लागि सिफारिस भएका ११ जना न्यायाधीशविरुद्ध दायर भएको रिट निवेदन पेसीमा नचढाउने कार्य उचित नभएको बताएका छन् ।
सभापति देउवाले नेपाली कांग्रेसका शीर्ष नेता र कांग्रेस समर्थित कानुन व्यवसायीहरुबीच भएको बैठकमा सिफारिसमा भएका ११ जना न्यायाधीशविरुद्ध परेको रिट निवेदन लामो समयसम्म पनि पेसीमा नचढाउने कार्य उचित नभएको बताएका हुन् । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।
लगातार तीन दिनदेखि सर्वोच्च अदालतमा एकल इजलास गठन नभएका कारण सो रिट निवेदनलगायतन अन्य महत्वपूर्ण मुद्दाको प्रारम्भिक सुनुवाइ हुन सकेको छैन ।
भन्नेहरुले न्यायापरिषदबाट सिफारिस भएका ११ न्यायाधीशविरुद्ध रिट निवेदन परेका कारण एकल इजलाश गठन नभएको दाबी गरेतापनि अदालतका कर्मचारीहरु भने प्राविधिक कारणले इजलाश गठन नभएको बताउने गरेका छन् ।















प्रतिक्रिया