डडेल्धुरा, २५ जेठ । डडेल्धुराबाट भागेश्वरतिर गइरहेको जिप चिमिरीकोट नजिक दुर्घटना हुँदा दुई नाबालकसहित १३ जना घाइते भएका छन् ।
डडेल्धुरा बगरकोट सडकखण्डमा से१ज १८४ नंको जिप दुर्घटना हँुदा जिपमा सवार १४ जनामध्ये गम्भीर घाइते तीन महिनाका नाबालक किशोर भाट र एकजना अर्कालाई सामान्य उपचारपछि धनगढी पठाइएको प्रहरीले जनाएको छ । अन्य घाइतेको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ । रासस













प्रतिक्रिया