१८ कार्तिक २०८३, बुधबार

‘नीति तथा कार्यक्रम र बजेट लिएर एमाले जनतामा जाने’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bamdev-Gautam

पोखरा, २५ जेठ । नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट लिएर एमाले जनताको माझमा जाने बताउनुभएको छ ।

कम्युनिष्ट आन्दोलनका अग्रज योद्धा बलराम उपाध्यायको १२ औँ स्मृति दिवसका अवसरमा आज यहाँ आयोजित प्रवचनलाई सम्बोधन गर्दै उहाँले आव २०७३/७४ को बजेटले नयाँ नेपाल निर्माणको खाका तयार गर्ने दाबी गर्नुभयो ।

अहिलेको गठबन्धन टुट्न नदिन एमाले नेतृत्व अघि बढेको बताउँदै उहाँले साझा सहमति र एकता गर्न पार्टी कटिबद्ध भएको विचार व्यक्त गर्नुभयो ।

एमालेका नेता तथा पूर्वमन्त्री खगराज अधिकारीले स्व उपाध्याय सरल र गहन विचारका धनी हुनुहुन्थ्यो भन्नुभयो । एमाले पोलिटब्यूरो सदस्य गणेश तिमिल्सिनाले एमालेको अगुवाइमा संविधान कार्यान्वयन गरी देशलाई समृद्ध बनाउने काममा अघि बढ्न सबै पार्टी कार्यकर्तालाई आग्रह गर्नुभयो । रासस