१८ कार्तिक २०८३, बुधबार

सीके राउतका समर्थकहरूको राजधानीमा जमघट, के–के गर्दैछन् ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाश महतो
कैलाश महतो

काठमाडौं, २५ जेठ । तराईलाई नेपालबाट अलग गराउने अभियानमा हिँडेका सीके राउतका विश्वासिला कैलाश महतो विशेष अदालतमा उपस्थित भएका छन् ।

प्रहरीले विशेष अदालतमा दायर गरेको मुद्दामा फरार सूचीमा रहेका महतो मंगलबार आफै उपस्थित भइ बहस सुनेका हुन् । तीन जना न्यायाधीशको संयुक्त इजलासमा महतोको विषयमा सुनुवाइ भएको हो ।

महतोको तर्फबाट अधिवक्ता नागेन्द्र यादव, धिरेन्द्र साह, नारायण झा र वीरेन्द्र साहले बहस गरेका थिए । स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउत पनि सोही मुद्दामा अदालतमा आफै उपस्थि भइ जवाफ दिने सह–संयोजक महतोले जानकारी दिनुभयो ।

२०७२ साल चैत ६ गते बाँकेको नेपालगञ्जबाट केन्द्रीय प्रवक्ता अब्दुल खानसहितका नेता तथा समर्थकहरू पक्राउ परेपछि सोही मुद्दामा प्रहरीले स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउत, सह–संयोजक कैलाश महतो र सत्यनारायण मण्डललाई पनि मुछिएको थियो । प्रहरीको सूचीमा यी तीन जना फरार सूचीमा थिए ।

मुद्दा चलेपछि सह–संयोजक महतोसहितका नेताहरू विशेष अदालतमा स्वयं उपस्थित भइ लिखित जवाफ दिनुका साथै बहसमा सहभागी भएका हुन् । सोही मुद्दामा जवाफ सीके राउतका अन्य समर्थकहरू पनि राजधानीमा जम्मा भएको महतोले बताउनुभयो ।

तराईका जिल्लाहरूमा ‘स्वतन्त्र मधेस गठबन्धन’का नाममा मुलुक टुक्रायाउने अभियानमा सक्रिय सीके राउतका समर्थकहरू विशेष अदालतमा चक्कर काट्दै आएका छन् । उनीहरूलाई प्रहरीले पक्राउ गरेपनि साधारण तारेखमा छाड्दै आएको छ ।