काठमाडौं, २५ जेठ । भारतीय सञ्चारमाध्यमले चीन पहिलोपटक भारतसँग झुकेको दाबी गरेका छन् ।
मंगलबारका समाचारमा अधिकांश मिडियाले चीनले भारतको कुरालाई मानेको विषयलाई झुकेको भनेर टिप्पणी गरेका हुन् । उसो त भारतीय मिडियाहरु नभएको कुरा लेखेर नेपाल, पाकिस्तानलाई उक्साउन लागिपरेका हुन्छन् । उनीहरुले यसपटक चीनलाई निशाना बनाएका छन् ।
भारतीय च्यानल न्यूज २४ अनलाईन हेडलाइनमा लेख्छ- ‘भारत के आगे झुका चीन, पहली बार मानी यह बात’ ।
उसले समाचार तल लेखेको छ- सबैलाई थाहा भएकै कुरा चीन कहिले पनि भारतलाई साथ दिन सक्दैन् । तर, उसले पहिलोपटक पाकिस्तानविरुद्ध र भारतको पक्षमा बोलेर सबैलाई चकित पारेको छ । चीनले पहिलोपटक मानेको छ कि मुम्बईमा भएको आतंकवादी हमलामा पाकिस्तानको हात थियो ।
चीनले पहिलोपटक सार्वजनिक रुपमा स्वीकार गरेको छ कि मुम्बईमा भएको २६÷११ को हमलामा पाकिस्तानको हात थियो र हमलाको योजना पाकिस्तानमै बनेको थियो । यो हमलामा १६४ जनाको मृत्यु भएको थियो । चीनको सरकारी न्यूज च्यानलले हालै एक डकुमेन्ट्रीमा पाकिस्तान समर्थित लश्कर ए–तैयबाले यो हमला गरेको भनिएको छ ।
समाचारमा आतंकवादीलाई समर्थन गर्दा उभिदा विश्वमा आफ्नो इमेज विग्रिएको महसुस भएर चीनले भारतका पक्षमा बोलेको दाबी गरिएको छ ।
हेर्नुस् भारतीय मिडियाको समाचारः


















प्रतिक्रिया