९ कार्तिक २०८३, सोमबार

पार्टी छाड्ने धम्की दिने यी हुन् बाबुरामका समर्थक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam-Bhattaraiकाठमाडौं, २५ जेठ । नयाँ शक्ति नेपालमा कम्युनिष्ट विचारधारा अवलम्बन गर्ने कि नगर्ने भन्नेमा विवाद भएको छ ।

एकीकृत नेकपा माओवादी र नेकपा एमाले परित्याग गरी नयाँ शक्तिमा गएका नेताहरु वामपन्थी विचारसहितको पार्टी गठन गर्नु पर्ने पक्षमा देखिएका छन् ।

पूर्वप्रशासक, सुरक्षा अधिकारी र कलाकार भने त्यसको विरोधमा छन् । कारोबार दैनिकले समाचार छापेका छन् ।

गणेशराज राई, रामेश्वर खनाल, नाथुप्रसाद चौधरी, डा प्रवीण मिश्र, मदन राई, सुरेन्द्र चौधरी, अशोक शर्मालगायतले वामपन्थी विचार अवलम्बन गरिए पारिषदमा नबस्ने चेतावनी दिएका छन् ।

पार्टी घोषणा नुहँदै किचलो सुरु भएपछि संयोजक बाबुराम भट्टराई अप्ठेरोमा परेका छन् ।

उक्त विवादले गर्दा यही जेठ ३० गते सार्वजनिक गर्ने भनिएको पार्टीको नाम र अन्तरिम विधानको पनि टुंगो लाग्न सकेको छैन ।

नयाँ शक्ति नेपालका केन्द्रीय सचिवालय सदस्य पूर्वएआईजी गणेशराज राईले कम्युनिष्ट दर्शन अस्वीकार गर्ने सम्बन्धमा छलफल भइरहेको उल्लेख गरे ।

एमाओवादी परित्याग गरी नयाँ शक्तिमा आएका नेता महेन्द्र पासवानले भने वामपन्थी विचारसहितकै पार्टी निर्माण हुने बताए ।