१८ कार्तिक २०८३, बुधबार

८ हजार घर बनाउन त्रिपक्षीय सहमति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukampa-punarnirmanकाठमाडौं, २४ जेठ । भूकम्पबाट क्षति भएका ८ हजार १ सय निजी आवास पुनर्निर्माणका लागि त्रिपक्षीय सम्झौता भएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका उपसचिव डा. भीष्मकुमार भूसाल, सहरी विकास मन्त्रालय (केन्द्रीय आयोजना कार्यान्वयन इकाईका उप–प्रमुख परिक्षित कडरिया र पाँच वटा गैरसरकारी संस्थाका प्रतिनिधिबीच आज त्रिपक्षीय सम्झौता भएको हो ।

सम्झौता अनुुसार नेपाल रेडक्रस सोसाइटीले ६ हजार वटा, हेल्वेटास नेपालले १ हजार वटा, समारीटन्स पर्सले ५ सय वटा निजी आवास पुनर्निर्माण गर्नेछन् । यस्तै ह्याविट्याट फर हुम्यानिटीले ३ सय ५० वटा र इडब्लुडिइ डिकेएचले २ सय ५० वटा निजी आवास पुनर्निर्माण गर्नेछन् ।

आवास निर्माणका लागि घरधनीहरुको नामावली सहितको सूची र क्षेत्र तोकि प्राधिकरणले उपलब्ध गराउने व्यवस्था छ ।

सम्झौता अनुसार प्रत्येक निजी आवास निर्माणका लागि विभिन्न संघसंस्थाले स्वयं घरधनीले घर बनाउने गरी बैंक खातामार्फत प्राधिकरणले जारी गरेको अनुदान वितरण कार्यविधि, २०७२ बमोजिम निर्माण कार्य अघि बढाउनेछन् ।

यसैबीच विभिन्न गैरसरकारी संस्थाहरुले विद्यालय पुननिर्मिाणका लागि त्रिपक्षीय सम्झौता गर्ने क्रम जारी रहेको छ । विद्यालय छनौट शिक्षा मन्त्रालयमा रहेको केन्द्रीय आयोजना कार्यान्वयन इकाईमार्फत हुने गरेको छ ।

राष्ट्रिय पुनर्निर्माणको क्रममा निजी आवास र विद्यालय पुनर्निर्माणमा स्रोत साधन जुटाई सहयोग गर्ने संस्थाहरुलाई सम्बन्धीत सबैबाट सहयोगको लागि अनुरोध छ ।