बेइजिङ, २४ जेठ । चिनियाँ राष्ट्रपति सि जिनपिङले चीन अमेरिकाबीचको सम्बन्धका बीचमा देखिएका र देखिने गरेका मत मतान्तरहरुलाई कम गर्नुपर्ने धारणा गर्नुभएको छ ।
उहाँले दुवै देशलाई यो सुझाव दिनुभएको हो । उहाँले भन्नुभयो- दुवै देशले कुनैपनि मत मतान्तर र सम्वेदनशिल विषयहरुको व्यवस्थापन उचित एवम् आवश्यकताका आधारमा गर्नुपर्छ ।
बेइजिङ्मा सोमबार सुरु भएको दुवै देशको एक उच्चस्तरीय मञ्चलाई सम्बोधन गर्दै उहाँले सो धारणा राख्नुभएको समाचारमा जनाइएको छ ।
चीन अमेरिका आर्थिक तथा सामरिक विषयको एक उच्चस्तरीय बैठकको उद्घाटन गर्दै उहाँले भन्नुभयो– चीन र अमेरिकाबीचका मतान्तरहरु अत्यन्तै साधारण छन् त्यसैले यसलाई दुवै पक्षले मिलेर कम गर्नुपर्छ ।
दुवै पक्षले पारस्पारिक सम्मान र समानताको हिसाबले यस्ता विवाद एवम् मतान्तररुलाई कम गर्नुपर्नेमा उहाँको जोड थियो ।
यस्ता विवादहरु हटाएर एसिया तथा प्यासिफिक क्षेत्रमा चीन र अमेरिकाले सहयोग, समन्वय र साझेदारी बढाउनुपर्ने धारणा पनि उहाँले राख्नुभयो ।
राष्ट्रपति सिले चीन र संयुक्त राज्य अमेरिका कहिल्यै पनि प्रतिद्वन्दिताको भावनाका रुपमा नभएर समावेशी सहायोग र साझेदारिताको भावनाका साथ अघि बढ्नुपर्नेमा पनि जोड दिनुभएको बेइजिङ्बाट प्राप्त समाचारमा जनाइएको छ । रासस/एएफपी
















प्रतिक्रिया