९ कार्तिक २०८३, सोमबार

राजेन्द्र महतोमाथि आरोप नै आरोप लगाउँदै यी नेत्रीले छाडिन सद्भावना पार्टी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rajendra-mahato

जनकपुर, २४ जेठ । सद्भावना पार्टीले हालै केन्द्रीय सदस्यमा नियुक्त गरेको रंगीलादेवी साहले उक्त पद अस्वीकार गर्दै पार्टी समेत परित्याग गरेकी छन्।

राजेन्द्र महतोले आन्दोलन क्रममा मारिएका मधेशी जनताको परिवारको बुइ चढेर राजनीति गरिरहेको आरोप लगाउँदै उनले सद्भावना पार्टी भन्दा पनि निजी कम्पनी रहेको टिप्पणी गरेकी छन् । ‘मधेस अधिकारको संघर्षलाई राजेन्द्र महतो जस्तो कपटीहरुले आफ्नो दुनो सोझ्याउन लागेका छन्’ आइतबार साहले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘सिधासोझा मधेशी जनताको हत्या गराएर पनि अधिकारको संघर्षलाई कदर गर्न नसक्नु दुर्भाग्य हो ।’

आन्दोलनको क्रममा विभिन्न मुद्दामा फसाइएका नेता, कार्यकर्तालाई न्याय दिलाउनुको साटो शवमाथि राजनीति गरी गलत प्रवृतिलाई बढाबा दिएको साहको आरोप छ । ‘यस्तै प्रवृतिलाई ठेगान लाउन पछिल्लो चुनावमा जनताले सद्भावना पार्टीको साइज ठीक ठाउँमा ल्याइदिएको हो’, विज्ञप्तिमा छ, ‘लोकतन्त्रको मुल्य, मान्यतालाई आत्मसात गरी जनताको जनादेशलाई सम्मान गर्न नसकेकै कारण यस्तो भएको हो ।’

संविधानसभा निर्वाचनपछि समानुपातिक कोटा चयनमा आफ्नो निचता सिद्ध गरिसकेको र आन्दोलनताका झुठा मुद्दामा फसाइएका युवालाई प्रताडित गरेको आरोप लगाउँदै उनले आफूलाई केन्द्रीय सदस्य बनाएर जनतामा भ्रम फैलाएको बताइन् । ‘म सद्भावना पार्टीको कुनै पदमा नरहेको जानकारी पनि यसै विज्ञप्तिमार्फत जानकारी गराउन चाहन्छु’, विज्ञप्तिमा उल्लेख छ ।