९ कार्तिक २०८३, सोमबार

कार्यकर्तालाई २५ लाख, प्रधानमन्त्रीदेखि उच्च अधिकारी करोड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KP-Oli-NRAकाठमाडौं, २४ जेठ । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार गठन भएयता विशिष्ट व्यक्तिको भ्रमण खर्च र नेता कार्यकर्ताको उपचारमा राज्यकोषबाट करोडौं रुपैयाँ खर्च भएको छ ।

प्रधानमन्त्री ओलीदेखि मन्त्री, सांसद, प्रशासक, राजनीतिक दलका नेता/कार्यकर्तालगायतले स्वदेश तथा विदेश भ्रमण र उपचार खर्चबापत ८ महिनामा १० करोड रुपैयाँभन्दा बढी खर्च गरेका छन् । कारोबार दैनिकले समाचार छापेको छ ।

भारत र चीनको राजकीय भ्रमणमा मात्रै प्रधानमन्त्री, मन्त्री र दलका नेता कार्यकर्ताल राज्यको ढुकुटीबाट करिब ७ करोड रुपैयाँ खर्च गरेका छन् ।

एक दर्जनभन्दा बढी मन्त्री तथा प्रशासकहरुले विदेश भ्रमण गर्दा २ करोड रुपैयाँभन्दा बढी रकम बुझेका छन् ।

मधेस आन्दोलनमा घाइते भएकाको उपचारमा पनि करिब ३० लाख रुपैयाँ निकासा गरिएको छ ।

सत्तारुढ दलहरु एमाले, माओवादी, राप्रपा नेपाल, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकलगायतले मन्त्रिपरिषदबाट निर्णय गराएर आफ्ना कार्यकर्तालाई २५ लाख रुपैयाँभन्दा बढी उपलब्ध गराएका छन् ।