३१ आश्विन २०८३, शनिबार

दर्जनौ महिलाको बलात्कारको आरोप फाँसीको सजाय

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Fasi

तेहरान, २३ जेठ । इरानको ऐतिहासिक सहर सिराजमा दर्जनौ महिलालाई बलात्कार गरेको आरोपमा एक व्यक्तिलाई आइतबार फाँसीको सजाय दिइएको छ ।

आमिन दि नाम गरिएको यस व्यक्तिलाई सन् २०१५ मा नै पक्राउ गरिएको थियो ।

प्रहरीले आमिनको जस्तै थर भएका १५ हजार व्यक्तिमाथि गरेको अनुसन्धानपछि उनी पक्राउ परेका थिए ।

प्रहरीको डिएनए जाँचबाट आमिन पक्राउ परेका थिए । प्रहरीकाअनुसार आमिन दुई बर्ष आगाडी एक पटक मोबाइल चोरीको आरोपमा पनि पक्राउ परेका थिए ।

आमिन दिसँगै अर्का एक व्यक्तिलाई पनि बलात्कार कै आरोपमा फाँसीको सजाय दिइएको बताइएको छ । ती दोस्रो व्यक्तिले एक महिलाको बलात्कार गरेका थिए ।

मानव अधिकारवादी संस्था एम्नेस्टि इन्टरनेशनलका अनुसार इरानले सन् २०१५ मा कम्तीमा ९७७ व्यक्तिलाई फाँसीको सजाय दिएको थियो ।
फाँसी दिइएका ती व्यक्तिहरुमा प्रायः लागू औषध ओसारपसारमा लागेकाहरु व्यक्तिहरु रहेका जनाइएको छ । रासस/एएफपी