३१ आश्विन २०८३, शनिबार

बम विस्फोट गराउनखोज्ने आत्मघातीकै निधन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pakistanइस्लामाबाद, २२ जेठ । पाकिस्तानी सहर सहर पेसावरमा शनिबार बिहान आत्मघाती आक्रमणको तयारी गरिरहेका तीन जनाको निधन भएको समाचार छ ।

बम विस्फोट गराई सर्वसाधारणको ज्यान लिन खोज्ने तीनजना आक्रमणकारीको आफैले बोकेको बम विस्फोट भएर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुले आत्मघाती बिस्फोटका लागि बम बोकेका र बम राख्नुअगावै विस्फोट भएर ज्यान गएको प्रहरीको भनाई छ ।

पेसावरको कफोआर धेरी इलाकामा आत्मघाती आक्रमण गराउन लागेका ती आक्रमणकारीहरु मारिएको प्रहरी निरीक्षक कसिफ जुल्फिकारले बताउनुभएको छ । –सिन्ह्वा