१८ कार्तिक २०८३, बुधबार

एमालेले केन्द्रीय विभागमा मनोनित गर्दा मख्खै छिन शान्ता चौधरी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Shanta-Chaudharyकाठमाडौं, २१ जेठ । पूर्व सभासद शान्ता चौधरीले सत्तारुढ दल नेकपा एमालेले आफूलाई केन्द्रीय विभागको सदस्यमा मनोनित गरेको भन्दै खुसी व्यक्त गरेकी छिन् ।

शुक्रबार पार्टी कार्यालय धुम्वाराहीमा पत्रकार सम्मेलन गरी एमालेले ३१ वटा केन्द्रीय विभागका मनोनित सदस्यहरुको नामावली सार्वजनिक गरेको थियो । जसमा शान्ता वन तथा वातावरण विभागमा मनोनित भइन् ।

केन्द्रीय विभागमा मनोनित भएपछि उनले सामाजिक सञ्जाल फेसबुकबाटै खुसी साट्दै लेखेकी छिन्– ‘जनताको प्रिय पार्टी नेकपा एमालेले मलाई वन तथा वातावरण विभागमा मनोनित गरेको खवरले निःसन्देह खुशी तुल्याएको छ । पार्टीले दिएको जिम्मेवारी इमान्दारीताका साथ सम्पन्न गर्ने प्रण गर्दछु । मलाई बधाइ तथा शुभकामना दिने सम्पूर्ण साथीहरुमा हार्दिक कृतज्ञता समेत ज्ञापन गर्न गर्न चाहान्छु । पार्टीका विभागहरुले पूर्णता पाउदै गर्दा पार्टी्भित्र विद्यमान सबैखाले अन्तरविरोधको हल खोज्नका लागि नेतृत्व गम्भीर रुपमा लागिपरोस । हाम्रो एमाले राम्रो एमाले, सवैको एमाले बनाउने अठोट गरौं ।’

shanta-chaudhary